स्टील कम्पनीमा आगलागी, नियन्त्रण गर्ने प्रयास गर्दै

212

बुटवल / भैरहवा लुम्बिनी सडक अन्तर्गत  रूपन्देहीमा रहेको गोयन्का स्टिलको कम्पनीमा आगो लागेको छ।

मायादेवी गाउँपालिका स्थित बेथरीमा रहेको गोयन्का स्टीलको कम्पनीमा आगो लागेको हो। बेथरी चोकदेखि करिव ५ सय मिटर पश्चिममा रहेको उक्त स्टील्सको फर्नेस आयलमा आगो सल्केको जनाइएको छ ।

सिद्धार्थनगर नगरपालिका र तौलिहवाको बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणको प्रयास भई रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक धर्मराज भण्डारीले जनाए।

बेथरी प्रहरीले आगो निभाउने काममा सक्रियता देखाएको छ र जिल्लाको प्रहरी टोली, ससस्त्र प्रहरी तथा नेपाली सेनाको अग्निनियन्त्रण टोली घटनास्थल पुग्न लागेको प्रहरीले जनाएको छ।

अहिले सिद्धार्थनगर नगरपालिका र तौलिहवाको बारुणयन्त्रको सहयोगमा प्रहरी र स्थानियले आगो नियन्त्रण गर्ने प्रयास भई रहेको उनले जनाए।

उक्त घटनामा मानविय क्षति नभएको र भौतिक क्षतिको बारे पुर्ण बिवरण आउन केही समय लाग्ने प्रहरीले जनाएको छ। आगो के कति कारणले आगेको हो खुल्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here