आठ सय भन्दा बढी सरकार विरोधी प्रदर्शनकारी पक्राउ

141

सुडान / सुडानका विभिन्न ठाउँमा भएका सरकार विरोधी प्रदर्शनहरूबाट सरकारी सुरक्षाकर्मीहरूले आठ सयभन्दा बढीलाई पक्राउ गरेका छन् ।

गृहमन्त्रीले सोमबार दिएको जानकारी अनुसार गत महिनादेखि अहिलेसम्म झण्डै १५ दिनमा भएका प्रदर्शनहरुबाट उनीहरुलाई पक्राउ गरिएको हो । गृहमन्त्री अहमद बिलाल ओस्मानले संसदमा भने, ‘अहिलेसम्म पक्राउ पर्ने प्रदर्शनकारीहरूको संख्या ८१६ रहेको छ ।’

सरकारले पाउरोटीको मूल्य बढाएपछि गत डिसेम्बर १९ देखि अहिलेसम्म सुडानमा सरकार विरुद्ध प्रदर्शन भएको छ ।  अधिकारीहरूका अनुसार प्रर्दशनका क्रममा भएका झडपमा परी अहिलेसम्म दुई जना सुरक्षाकर्मी सहित १९ जना मारिएका छन् ।

तर अन्तर्राष्ट्रिय अधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनलले भने मृत्यु हुनेहरूको संख्या ३७ पुगेको दावी गरेको छ । गृहमन्त्री बिलालले प्रदर्शनकारीहरूले ११८ भवनमा क्षति पु¥याएको पनि सांसदहरूलाई जानकारी दिए । तीमध्ये १८ प्रहरीसँग सम्वन्धित भवनहरु छन् ।

त्यसैगरी प्रदर्शनका क्रममा १९४सवारी साधनमा आक्रमण तथा आगजनी भएको छ भने आक्रमणमा पर्नेमा १५ सवारी साधान अन्तर्राष्ट्रिय संस्थाका रहेको उनले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here