काठमाडौं / त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा समस्या आएको छ ।
विमानस्थलको सञ्चार उपकरणमा समस्या आएपछि विमानस्थल भिसिसिएस भनिने उपकरणको एरिया र एप्रोचमा समस्या आएकाले उडान केही समयका लागि रोकिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिएका छन् । उनले सञ्चार माध्यममा एरिया र एप्रोच सिस्टममा नदेखिएकाले उडान केही समयका लागि रोकेको तर अवतरणमा भने कुनै समस्या नरहेको जनाए ।
विमानस्थलको टावरले भने नियमित रुपमा काम गरिरहेकाले अवतरणमा समस्या नरहेको उनले जानकारी दिएका हुन् । भिसिसिएसमा समस्या आउँदा बिहान ९ बजेतिरदेखि उडान प्रभावित भएको हो ।

















