ज्यूँदै गाडिएको शिशुको ८ दिनपछि जिवितै उद्धार

366

घरपरिवारे ज्यूँदै गाडिएको अवस्थामा एक नवजात शिशुलाई ८ दिनपछि जिवितै उद्धार गरी बाहिर निकालिएको छ ।

चीन शहरना लु फेंगलियान नामकी महिलाले जंगलमा जडीबुटी खोजिरहेकी बेला सो शिशुलाई फेला पारेकी हुन् । उनले बच्चा रोएको आवाज सुनिन् । त्यो आवाज जमिन मुनिबाट आइरहेको थियो ।

उनी डराइन् र नजिकै रहेका एक बौद्ध भिक्षुलाई बोलाएर सो कुराको जानकारी दिइन् । दुबैले बच्चाको रुवाइ सुनेपछि एकिन भयो की कसैले बच्चालाई जमिनमुनि गाडेको छ । तत्कालै उनीहरुले पुलिसलाई खबर गरे । पुलिसलेे बच्चा रोइरहेको ठाउँमा खोसि्रएर हेरे । दुइ फुटमुनि खोसि्रएपछि एउटा कागजको टोकरी फेला पर्यो । उक्त टोकरी खोलेर हेर्दा त त्यसभित्र एउटा ज्यूँदो बच्चा भेटियो ।

समाचार अनुसार उक्त बच्चाको ओँठ काटिएको हुनाले बच्चाकी हजुरआमाको त्यसलाई लिएर ज्यूँदै गाडेकी रहेछिन् । बच्चालाई ८ दिन पहिले नै जमिनमुनि गाडिएको बच्चाका आमाबुवाले बतएका छन् । जमिनमुनि भएपनि खुकुलो माटो तथा टोकरी भित्र भएको कारण हावा छिरेको र स्वास फेर्न पाएका कारण बच्चा बाँचेको हुनसक्ने डाक्टरहरुले बताएका छन् ।

वर्षाको पानी समेत परेकाले बच्चाले पानीको थोपा खान पाएर उसको प्राण त्यतिका दिनसम्म धानिएको बताइएको छ । तर जे भएपनि माटोमुनि एक नवजात शिशु यतिधेरै दिनसम्म बाँच्न सक्नु ठूलै चामत्कारिक घटना भएकोमा सबै एकमत छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here