भारतीय क्रिकेटलाई कारवाही गरिने

65

भारतीय क्रिकेट टिमका अलराउन्डर हार्दिक पान्ड्याले हालै सामाजिक सञ्जालमा भारतीयहरुको गाली खाइरहेका छन् । भारतीय क्रिकेट बोर्डले पनि कारवाही गर्न सक्ने सम्भावना बढेर गएको छ । टेलिभिजनमा आफ्नो निजी जीवनको विषयमा दिएको अन्तरवार्तालाई लिएर पान्ड्या विवादमा मुछिएका थिए । उनकै कारण जौहरको चर्चित च्याट शो ‘कफी विथ करण’ मा सो अन्तरवार्ता दिएका थिए ।
अन्तरवार्ताका क्रममा आफ्नो परिवार सेक्सको मामलामा अत्यन्तै उदार रहेको बताए । पान्ड्याले भने, ‘मैले पहिलो पटक सेक्स गरेर घरमा आउँदा सबैलाई भनेको थिएँ कि मैले आज गरेर आएको छु । परिवारका सदस्यले खुशी भएर मलाई बधाई दिएका थिए ।’

एउटा पार्टीमा बाबु र आमा दुवैलाई लैजाँदाको प्रसंग पनि सुनाए । ‘त्यसबेला मेरो आँखा सेक्सी केटीहरुतर्फ घुमिरहेको थिए । बाबाले सोध्नुभयो कि तँ कुन केटीलाई हेर्दैछस ताकि दुवैको नजर एकै केटीमा नपरोस ।’ पान्ड्याले भने ।
उक्त अन्तरवार्ताका क्रममा पान्ड्यालाई करणले सचिन तेन्दुलकर र बिराट कोहलीमध्ये को उत्कृष्ट ब्याट्सम्यान भन्ने प्रश्न सोधेका थिए । जसको जवाफमा पान्ड्याले तुरुन्तै बिराटको नाम लिए । यसबाट सचिनका फ्यानहरु उनीसँग रुष्ट भएका छन् । उनले आफू टिममा नपर्ने भयले बिराटको चाकडी गर्न खोजेको सचिनका प्mयानहरुको टिप्पणी छ । आफ्नो अन्तरवार्ता विवादमा आएपछि पान्ड्याले सामाजिक सञ्जालमा क्षमायाचना गरेका छन् । अन्तरवार्ताका क्रममा आफू बहकिएको उनको प्रष्टिकरण छ । तर, बीसीसीआईले उनको प्रष्टिकरणमा चित्त बुझाएको छैन ।

उनले भारतीय क्रिकेट टिमको छवि बिगारेको निस्कर्षका साथ कारवाहीको तयारी गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here