कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी

151
Felix Tshisekedi reacts a few minutes after he was declared winner of the presidential election following the announcement of the provisional results by the Independent National Electoral Commission (CENI), in his father's historic residence in Limete, Kinshasa on January 10, 2019. - France on January 10, 2019 challenged the outcome of DR Congo's presidential election, saying the declared victory of opposition chief Felix Tshisekedi was "not consistent" with the results and that his rival Martin Fayulu appeared to have won. (Photo by Caroline Thirion / AFP)

एजेन्सी/प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो । राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना भइरहेको थियो । निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गर्नुभयो ।

उहाँले हिंसाहत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गर्नुभएका राष्ट्रपति जोसेफ काबिलालाई “लोकतान्त्रिक परिवर्तनका साझेदार” का रुपमा हेर्न आमजनता समक्ष आग्रह गर्नुभयो । निर्वाचनमा पराजित हुनुभएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । यस पटकको चुनावमा विगत १८ वर्षदेखि राष्ट्रको नेतृत्व गर्नुभएका राष्ट्रपति काबिला उम्मेदवार बन्नुभएको थिएन ।

“चुनावको नतिजा बिल्कुलै भरोसायोग्य छैन,” फायुलुले रेडियो फ्रान्स इन्टरनेसनलसँग भन्नुभयो । खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा काबिलाको सत्तारोहणपछिका दुई वर्षसम्म ठूलो सङ्कट देखिएको थियो । हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन ।

“कूल खसेको मतको करिब ३९ प्रतिशत मत पाएसँगै फेलिक्स शिशेकेडी कङ्गोको राष्ट्रपतिमा चयन हुनुभएको छ,” स्वतन्त्र राष्ट्रिय चुनाव आयोगका प्रमुख कोर्नेल नान्गाले भन्नुभयो । बिहीबार बिहान चुनावको प्रारम्भिक नतिजा सार्वजनिक हुनासाथ सर्वत्र खुशीयाली व्यक्त गर्न थालिएको छ । “म राष्ट्रपति जोसेफ काबिलाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । आजदेखि हामीले उहाँलाई कहिल्यै बैरीका रुपमा हेर्ने छैनौं । उहाँलाई हामी मुलुकको लोकतान्त्रिक परिर्वतनमा साझेदार ठान्नेछौं,” शिसेकेडीले यूडीपीएस पार्टीको मुख्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भन्नुभयो ।

राष्ट्रपति जोसेफ काबिलाको पनि समर्थन रहेका इम्मानुएल रामाजानी शाडारीले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । उहाँले करिब २४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

चुनाव आयोगका अनुसार अन्तिम नतिजा जनवरी १५ मा घोषणा गरिनेछ । त्यसको तीन दिनपछि नवनिर्वाचित राष्ट्रपतिलाई सपथ गराइनेछ । मतगणनामा निकै ढिलाई भएपछि अनेक आशङ्का व्यक्त गरिएका थिए । चुनावी नतिजालाई लिएर हिंसा भड्किने आशंकामा राजधानी किन्सासाका सडकमा प्रहरीको बाक्लो उपस्थिति थियो ।

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका हुनुहुन्छ । उहाँ कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस) का प्रमुख हुनुहुन्छ । यो दल उहाँकै बुबा इटीनले स्थापना गर्नुभएको हो । इटीन कङ्गोका महत्वपूर्ण राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here