निर्मलाकी आमालाई श्रीमान र सौताबाट हातपात

553

कञ्चनपुर / निर्मलाकी आमा दुर्गादेवी पन्तमाथि  श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् ।

निर्मलाको शरीरबाट निकालिएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न आमा दुर्गादेवी पन्तले रगतको नमुना दिएपछि पन्त परिवारमा द्वन्द्व चर्किएको छ ।

आफुसँग सल्लाहा नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै दुर्गादेवि पन्तलाई श्रीमान यज्ञराज पन्त र उनकी कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका हुन् ।

छोरीको स्वभावमा भएको डीएनए वास्तविक भए नभएको पुष्टि गर्न पन्तले बुधबार महाकाली अञ्चल अस्पतालमा रगतको नमूना संकलन गरेर प्रहरीलाइ दिएकी थिइन् ।

डीएनए परीक्षणका लागि रगतको नमूना संकलन गरिएको विषयमा असन्तु्ष्टि जनाउँदै श्रीमान र सौताले आफूमाथी दूव्र्यवहार गरेको दुर्गादेवि पन्तले जनाउँदै
विवादका क्रममा श्रीमानले आफूमाथी हातपात गरेको  जानकारी दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here