‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि नयाँ कानुन आवश्यक छ : गृहमन्त्री बादल

276

काठमाडौं /  गृहमन्त्री रामबहादुर थापा `बादल´ले समृद्धि र विकासका लागि नयाँ कानून अपरिहार्य भएको जनाउँदै पुराना कानून हटाएर नयाँ कानून बनाउने प्रक्रियामा रहेको जनाएका छन् ।

नेपाली जनताको स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्न सङ्घीय सरकारले नया कानुन बनाउने प्रक्रियामा रहेको जनाएका हुन् ।

उद्योग वाणिज्य सङ्घ पर्साको ४३औँ वार्षिक साधारणसभाको आज वीरगञ्जमा उद्घाटन गर्दै गृहमन्त्री थापाले नयाँ नेपालको निर्माण गर्ने लक्ष्य लिएको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि सबै जातजाति, धर्मावलम्बी, भाषाभाषी एकताबद्ध भएर देश विकासमा लाग्नु पर्ने जनाए ।

देश सङ्घीयतामा गइसकेकाले प्रदेश सरकार आआफ्नो प्रदेशको समृद्धि र विकासको लागि कानून बनाउनुपर्नेमा थापाले जोड दिए ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here