विप्लव नेतृत्वको नेकपाका दुई मजदुर नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

111

काठमाडौं / सर्वोच्च अदालतले विप्वल नेतृत्वको नेकपाका दुई मजदुर नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ ।

शुक्रबार पक्राउ परेका विप्लव निकट खानी मजदुर संगठनका नेताहरु लोकेन्द्रराज थापा, केशवबहादुर बुढा र विकास थापा तीन मजदुर नेताका परिवारका सदस्यले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए । रिटमा सुनुवाई गर्दै न्यायाधीश मीरा खड्का र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले गैरकानुनी थुनामा राखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट विप्लव निकट खानी मजदुर संगठनका नेताहरु लोकेन्द्रराज थापा, केशवबहादुर बुढा र विकास थापा तीन मजदुर नेतालाई चन्दा माग्दै धम्क्याएको आरोपमा पक्राउ गरिएको थियो ।

रितपूर्वक पक्राउ पूर्जी जारी नभएको र थुनामा राख्नुपर्ने पर्याप्त कारण नभएको सर्वोच्चको ठहर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here