एटिएम फुटाउँदै गर्दा पक्राउ

148

काठमाडौं / एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा एक व्यक्ति पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित एसबिआई बैंकको एटिएमको ताला फुटाउँदै गरेको अवस्थामा बारा कलैया नगरपालिका- १ घर भई हाल ललितपुर सातदोबाटो बस्ने १८ वर्षीय रोहित शर्मालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here