बुटवलमा कांग्रेसले सरकार बिरुद्ध जनतालाई सडकमा राताम्य बनायो

198

बुटवल / बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस रुपन्देहीले बिहीवार बृहत प्रदर्शन गरेको छ ।

कांग्रेसले बुटवलमा सरकार बिरुद्ध जनतालाई सडकमा राताम्य बनाएको छ । कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा नाम दिएर बिहिबार दिउँसो राजमार्ग चौराहबाट जुलुस शुरू गरेको छ । जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुने जानकारी दिइएको छ ।

कांग्रेस रूपन्देहीले प्रदेश पार्टीको आधिकारिक निर्णय विना नै बुटवललाई राजधानी घोषणा गर्न माग राख्दै खबरदारीसभा गरिरहेको हो । जुलुस र सभामा भएको सहभागिता देखेर कांग्रेसका स्थानीय नेता उत्साहित भएका छन् ।

खबरदारी सभामा कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जनाए ।

सभापति रज्जाकले दुईतिहाइ बहुमतको सरकार भएर पनि १ वर्षसम्म राजधानी तोक्ने र नामाकरण गर्ने काम नगरेको भन्दै जनस्तरबाट दबाब सिर्जना गर्न लागिएको जानकारी दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here