स्वीस बैंकमा हाम्रो कुनै पनि खाता नभएको चन्द्रप्रसाद ढकालको स्पष्टोक्ति

173

सेन्टर फर इन्भेष्टिगेटिभ जर्नलिज्म, (सिआईजे) नेपाल मार्फत तयार गरी आजका सञ्चारमाध्यमहरुमा सार्वजनिक भएका केही समाचारमा हाम्रो पनि नाम जोडिन आइएकोमा आइएमईको गम्भीर ध्यानाकर्षण भएको छ ।

बुधवार सार्वजनिक भएका पाँच समाचार र त्यससँग सम्वन्धित सम्पादकीय इन्टरनेशल कन्सोर्टिएम अफ इन्भेष्टिगेटिभ जर्न्लिज्म (आईसिआईजे)सँग उपलब्ध प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको भन्दै प्राडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आइमईसंग सम्वन्धित कुनै पनि कम्पनीको नाम कहि कतैबाट नजोडिएको जानकारी दिएका छन् ।

कुनै पनि स्वीस बैंकमा खाता नरहेको जनाउँदै कुनै पनि ट्याक्स हेभन मुलुकमा कम्पनी दर्ता नभएको जिकिर गरेका छन् । कानुनले दिएका अधिकारहरु प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर भ्रम सिर्जना गरि,सार्वजनिक छविमा क्षती पुर्याएकोमा आइमई ग्रुपले गम्भीर ध्यानाकर्षण गरेको छ ।

आइएमईका अनुसार 

‘हामी यसमा गम्भिर आपत्ती समेत प्रकट गर्दछौं । नेपालमा निजी कम्पनीस्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा हामीले नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट हाम्रो स्वदेशमा रेमिट्यान्स भित्र्याउने यात्रा सुरु भएको हो । नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेशनल मनी एक्सप्रेस (आईएमई)ले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई बैंकिङ्ग च्यानलबाट नेपालमा रेमिट्यान्स भित्र्याउन पहिलो कम्पनीको रुपमा काम थालेको हो ।’

‘त्यस लगत्तै बेलायत लगायत अन्य देशहरुबाट पनि कारोवार गर्नका लागि १७ जुन २००२ मा नेपाल राष्ट बैंकबाट स्वीकृती लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको हो । त्यसपछि नेपालीहरुको बाहुल्यता रहेका देशमा हामीले विभिन्न व्याक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स भित्र्याउन थालेको हौं । त्यसको जानकारी हामीले हाम्रो वेवसाईटमा समेत राखेका छौं।’

यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर लगेको पनि होइन्। बेलायतकै सन्दर्भमा यो एक पाउण्डको कम्पनी हो । हामीले त्यहीं उपलब्ध साधारण स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल भित्र्याउन थालेका हौं । अवैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्सलाई निरुत्साहित गरेर औपचारिक च्यानलमार्फत रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवत कसैले नजरअन्दाज गर्न मिल्दैन ।

नेपाल सरकार, नेपाल राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिव १४ खर्व रुपैयाँ रेमिट्यान्स भित्राएका छ । यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ भने कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको छ । कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको छ। आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, इन्सुरेन्स, जलविद्युत, होटल, चन्द्रागिरी केवल कार, डिस होम सेवासम्म विस्तार भएको छ ।

आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सलट्यान्ट लिमिटेडलाई इन्टरनेशल मनी एक्सप्रेस (आईएमई) लिमिटेडमा परिवर्तन गरिएकोहो।

चन्द्रप्रसाद ढकालको स्पष्टोक्ति

कम्पनी सुरुवात गरेपछि म (चन्द्रप्रसाद ढकाल) त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा मैले त्यो कम्पनीबाट राजिनामा दिएको हुँ । मेरो भाई हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासिय नेपाली हुन्। उनले सन्९० को दशकदेखि जापान, मलेसिया, बेलायत लगायतका देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेश हेर्दै आएका छन्। विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्नका लागि नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाई हेमराज ढकाल गैरआवासिय नेपालीको हैसियतमा नेपालीहरु भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुयाउँदै आएका छन् ।

नेपालको कानुनले गैर आवासिय नेपालीलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन्। कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरुको अहिलेको राष्ट्रियता बेलायती हो। उहाँहरुले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ती जनाउनु पर्ने, गैरकानुनी हुनु नपर्ने हो।

खोजपत्रकारितामा विख्यात आईसिआईजे जस्तो संस्थाको साझेदारीमा सिआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरिएको खोजमा यस्तो गम्भीर त्रुटी हुनु नपर्ने हो। त्यसमाथि बेलायतमा स्थापना गर्ने कम्पनी, त्यसले गर्ने व्यवसायिकदेखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध हुन्छ । यसरी सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोजपत्रकारिताका नाममा हामी माथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको हामी स्पष्ट पार्न चाहन्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here