खोपकेको खोजमा विवेकशील दलको गम्भीर ध्यानाकर्षण

189

काठमाडौं / हालै खोज पत्रकारिता केन्द्र (खोपके)ले विदेशमा शङ्कास्पद लगानी गर्ने नेपालीहरूको खोजबिन गर्ने क्रममा ज्युरिकको स्विस नेसनल बैङ्कमा मात्र ५२ अर्बभन्दा बढी रकम नेपालीको नाममा रहेको भेट्टाएको विषयमा विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ साथै सोही रिपोर्टमा उल्लेख गरिए अनुसार ५५ जना नेपालीहरूले विदेशमा लगानी गरेको देखिएको छ ।

भ्रष्ट्राचार विरोधी अभियानमा निरन्तर लागेका हिसाबले हामी यस खोजविनमा उल्लेख्य काम गरेकोमा खोपके- नेतृत्व लाई धन्यवाद दिँदै विवेकशील नेपाली दलले  स्विस बैङ्कमा जम्मा रकमको अझै मिहिन छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन नेपाल सरकारसमक्ष जोडदार माग गरेको छ । साथै विदेशमा लगानी गरेका भनिएका नेपालीहरूका बारे पनि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाहीको लागि माग समेत गरेको छ ।

यस विषयमा ‘म भ्रष्ट्राचार गर्दिन र गर्न पनि दिन्न’ भन्ने प्रधानमन्त्रीको पटकपटकको अभिव्यक्तिलाई हामीले व्यवहारको कसीमा हेर्न चाहेका जनाउँदै दलले  अपराधजन्य कार्य गरी अकुत सम्पत्ति जोड्ने, तिनलाई विदेशी बैङ्कमा लगि थुपार्ने वा लगानीका नाममा ‘ट्याक्स हेभेन’ भनेर चिनिने मुलुकमा कम्पनी खडा गरी कालो धनलाई सेतो बनाउने कार्यमा संलग्न हुने र तिनलाई संरक्षण प्रदान गर्ने सबैलाई आम नागरिकले चिन्नु जरुरी छ भन्नेमा जोड दिएको छ ।

यस विषयमा सुशासन पक्षधर सबै व्यक्ति र शक्तिहरूसँग मिलेर विवेकशील नेपाली दलले अभियान चलाउने ब्यहोरासमेत सम्बन्धित सबैमा जानकारी दिँदै  यस अभियानमा साथ, सहयोग र एक्यबद्धताका निम्ति समस्त नागरिकहरूमा आव्हान समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here