राष्ट्रिय सभा बैठक १४ गतेसम्मलाई स्थगित

369

काठमाडौं /  सोमबार ११ बजे बैठक सुरु भएको राष्ट्रियसभा बैठक आगमी १४ गते सोमबारसम्मलाई स्थगित भएको छ ।

३० मिनेटसम्म चलेको पहिलो बैठकमा नेपाली कांग्रेसका सांसदहरुले आफ्नो ठाउँमा उठेर बैठक अवरुद्ध गरेपछि सभाध्यक्ष गणेश तिमल्सिनाले आजको बैठकको कार्यसूची हटाइएको जानकारी दिँदै आगामी १४ गतेसम्मलाई स्थगित भएको जनाए ।

कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध पारेपछि सभा अध्यक्ष गणेश तिमल्सिनाले ३० मिनेटको लागि बैठक स्थगित गरिएको घोषणा गरेका थिए । तिमल्सिनाले सांसदलाई पटकपटक आसन ग्रहणको लागि आग्रह गर्दापनि बैठक सुचारु गर्न कठिनाइ भएको थियो । आसन ग्रहण गर्न आग्रह गरेपनि कांग्रेस सांसदहरु आफ्नो ठाउँमा उभिएर अवरोध गरिरहे ।

नेपाली कांग्रेसले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको थियो ।

मन्त्रिपरिषद्को हालैको बैठकले देशका विभिन्न नौ वटा अस्पताल संघअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई नेताका नामका अस्पताल कुन निकायअन्तर्गत सञ्चालन गर्ने भन्ने निर्णय सरकारले नगरेको जनाएको छ ।

राष्ट्रियसभाको आजको बैठक शुरु हुने बित्तिकै नेपाली कांग्रेसका सांसदहरू आआफ्ना आसनबाट उठेर विरोध जनाएका थिए । विरोधका बीचमा कांग्रेसका सांसद सरिता प्रसाईंले आफ्ना नेताका स्मृतिमा स्थापित ती दुई अस्पताल सञ्चालन गर्न किन सरकारले कुनै निर्णय नगरेको रु भनी प्रश्न गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here