सेनाको पूर्वजर्नेल हुँ भन्दै ठग्ने पक्राउ

287

काठमाडौं / महानगरिय प्रहरी परिषर टेकुले आफूलाई नेपाली सेनाको पूर्वजर्नेल हुँ भन्दै विद्यार्थी ठगेको आरोपमा  एकजनालाई पक्राउ गरेको छ। एमबीबीएसमा नाम निकालिदिने भन्दै विद्यार्थीबाट मोटो रकम उठाएको आरोपमा प्रहरीले मदनजंङ्ग शाहलाई पक्राउ गरेको हो।

शाहले प्रयास कार्की नामका व्यक्तिसँग एमबीबीएसमा नाम निकालिदिने भन्दै ४० लाख मागेका थिए। तर, तीन लाख बुझाइसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको महानगरिय प्रहरी परिषर टेकुका प्रवक्ता डिएसपी होमिन्द्र बोगटीले जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here