सुपरस्टार मल्टी ट्यालेन्ट मनिशको ‘जुनको सितलता’ सार्वजनिक (भिडियोसहित)

341

पाँच दर्जन भन्दा वढी गीत गाईसकेका गायक तथा मोडेल मनिश श्रेष्ठको स्वरमा रहेको ‘जुनको सितलता’ गीतको भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक उक्त गीतमा एलिशा तामाङ र एलिशा राईले साथ दिएकी छन् । यस गीतमा मनिशको आफ्नै संगीत र अभिनय रहेको छ भने गीतमा संमु शेर्पाको शब्द रहेको छ ।

यस गीतमा भने मनिश आफैले निर्देशन गरेका छन् । उनले पाँच सय भन्दा वढी गीतहरुमा अभिनय गरिसकेका छन् ।

विभिन्न कलाले भरिपुर्ण रहेका मनिश नेपाली कलाकारितामा बेला-बेलामा हरेक अनौठो काम गर्दै आएका मनिशले एउटा खुट्टा काधमा राखेर एउटा हातले नेपाली झन्डा फर्फराउदै मोटरसाइकल चलाई गिनिज बुकमा नाम लेख्न सफल भएका छन्।

हेर्नुहोस् भिडियो :

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here