बजार प्रतिनिधिहरुको सुनिश्चत भविष्य र व्यवसायीक सुरक्षाका लागि महासचिवमा मेरो उम्मेदवारी –भट्टराई

230

दाङ / नेपाल बजार बिक्रि प्रतिनिधि संघको पाँचौ राष्ट्रिय अधिवेशनमा संघको केन्द्रिय महासचिवमा वर्तामान राप्ति अंचल (साविक)का अध्यक्ष पदम भट्टराइले दावी गर्नुभएको छ ।

नेपाली बजार क्षेत्रलाई व्यवस्थित गर्नका लागि बजार बिक्रि प्रतिनिधि संघको आगामी दुई वर्षै कार्यकालका लागि संघको पाँचौ महाधिबेसन प्रदेब नं ५ अन्तर्गत रुपन्देही जिल्लाको बुटवलमा यहि जेठ २४ र २५ गते आयोजना हुँदैछ ।

‘सम्पुर्ण बजार प्रतिनिधिहरुको सुनिस्चित भविष्य तथा हक अधिकारका लागि मेरो महासचिवमा मेरो उम्मेदवारी हो’ भट्टराईले भन्नु भयो ।

बजार बिक्रि प्रतिनिधिहरुको भविष्य र जागरीको समेत सुनिस्चितता आजको आवस्यक्ता हो –भट्टराईले भन्नु भयो ।

उद्योगी व्यवसायीहरु रहे मात्र आफुहरु रहने भन्दै उद्योगी व्यवसायीहरु संग हातमा हात र काँधमा काँध मिलाएर राज्यको आर्थीक बिकासमा टेवा पुर्याउन महत्वपुर्ण भुमिका खेल्ने बजार बिक्रि प्रतिनिधिहरुको सुरक्षित भविष्यको सवाल उठाउनु हामी सबैको दायित्व रहेको भट्टराईको दावी छ ।

महाअधिवेशनमा १४ अंचलकै (साविक) प्रतिनिधि, पार्षद तथा पर्यवेक्षकहरु गरी दुई हजार बढि ले भाग लिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here