खुकुरी हानेर छोराले गरे आफ्नै बाबुको हत्या

230

रुकुम- रुकुम (पूर्व)मा आफ्नै छोराले बाबुमो हत्या गरेको छ । भूमे गाउँपालिका -७ गुनाम गाउँका २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

बिहान ५ बजे रमनको खुकुरी प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए। घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमान गरिए पनि हत्या आरोपमा छोरा विरतलाई प्रहरीले पक्राउ गरेर थप अनुन्धान भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here