चिकित्सा शिक्षा विधेयक पारित भएकोप्रति समाजवादी पार्टीको गम्भीर ध्यानाकर्षण

256

काठमाडौं / राष्ट्रिय समाजवादी पार्टी  नेपालले आज प्रतिनिधिसभामा चिकित्सा शिक्षा विधेयक पारित भएकोप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

राष्ट्रिय समाजवादी पार्टी  नेपालका संयोजक रुद्रजङ पुलामीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल सरकारले सिमित मुट्ठीभर नवसामन्त, माफीया, दलाल नोकरशाही, तीनका नेताको हितमा हुने र आम जनताको अहितमा हुने गरी ल्याइएको चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरिएकोमा खेद प्रकट सहित घोर भर्त्सना गरेको छ ।

प्रतिनिधिसभा बैठकले प्रतिपक्षी दलको विरोध भए पनि सो विधेयक पारित गरेकोप्रति आपत्ति जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here