काठमाडौं जिल्ला अदालतका नायव सुब्बा पक्राउ

82

काठमाडौं  / काठमाडौं जिल्ला अदालतका नायव सुब्बा घुस रकम लिएको आरोपमा पक्राउ परेका छन् ।

काठमाडौं जिल्ला अदालतमा कार्यरत नायव सुब्बा भोलानाथ चालिसेले सवारी ज्यान मुद्दा सहज गराइदिने भनी विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिई गएको टोलीले निजलाई सेवाग्राहीसँग पाँच लाख घुसबापतको रकम लिइसकेको अवस्थामा वन परिसर बबरमहल काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here