रहेनन् वरिष्ठ कलाकार बी.एस.राणा

754

काठमाडौं / वरिष्ठ कलाकार बी.एस.राणाको निधन भएको छ । उनको ७७ वर्षको उमेरमा शुक्रबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको जनाईएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत हप्ता अस्पताल भर्ना गरिएको थियो । उनले दर्जनौ नेपाली चलचित्रमा काम गरेका छन् । उनले अभिनय गरेका चलचित्रहरुमा ‘दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, काफल पाक्यो, सम्बोधन, साथी म तिम्रो, आई एम सरी, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायतका थिए ।Image result for बी.एस.राणा

उहाँ चर्चित नेपाली ऐतिहासिक चलचित्र ‘बसन्ती’ मा गरेको अभिनयका कारण चिनिनुहुन्छ । साथै उहाँले ‘चिनो’, लाहुरे, करोडपति, दक्षिणा, बलिदान, सेतोबाघलगायत दर्जनौँ चलचित्रमा अभिनय गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here