राणा शासन र पञ्चायत ढालेको कांग्रेसलाई कमजोर नठान्न ओली सरकारलाई चेतावनी

300

काठमाडौं /  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिस्ट पार्टीको सरकारलाई राणा शासन र पञ्चायत ढालेको कांग्रेसलाई कमजोर नठान्न चेतावनी दिएको छ।

आज काठमाडौं जिल्ला कार्यसमितिले आयोजना गरेको विरोध कार्यक्रमलाई राजधानीको शान्तिबाटिकामा सम्बोधन गर्दै नेता सिंहले कांग्रेसलाई कमजोर ठान्ने हो भने यो ठुलो भुल हुने जनाएका छन् ।

पूर्व उपसभापतिसमेत रहेका नेता सिहंले राणा शासन र पञ्चायत ढालेको सरकारलाई कमजोर नठान्न आग्रह गर्दै दुई तिहाइको दम्भ बोकेको सरकारले कुन समय जनताले बिदा दिन्छ त्यसको ठेगान नभएको जनाए । ‘दुई तिहाईको सरकार भनेर घमण्ड गरिरहेको छ, तर ६ महिना हुँदा पनि बलात्कारी पत्ता लगाउन सकेको छैन। यस्तो सरकारले कुन समयमा बिदा लिन्छ त भन्ने कुरा जनताले अवश्य जवाफ दिनेछ।’

विरोध कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कम्युनिष्टलाई मुसासँग तुलना गरे। जोशीले भने, ुयो सरकारले सुन काण्ड दबाएको छ। वाइडबडी काण्डको प्रकरण दबायो। भ्रष्टाचारका लागि दुई तिहाईको सरकार बनेको रहेछ। संसदमा झुट कुरा गरिरहेका छन् प्रधानमन्त्री आफै। यसरी दम्भ र झुटको खेती गरेर कांग्रेसलाई कमजोर ठान्छ भने राणा शासन, पञ्चायत विरुद्ध र राजा विरुद्ध लडेको कांग्रेसका लागि कम्युनिस्ट कुन मुसो हो ररुु उनले सरकारलाई खबरदारी कार्यक्रम कांग्रेसले जारी राख्ने जनाए।

सिंहले डा गोविन्द केसीले अनशन तोडे पनि चिकित्सा शिक्षा विधेयकमा कांग्रेसको विरोध जारी राख्ने जनाए ।

कार्य्रकममा पूर्व सभामुख तारानाथ रानाभाट, सांसद भीमसेनदास प्रधान, केन्द्रीय सदस्य अम्बिका बस्नेत, काठमाडौं कांग्रेसका जिल्ला अध्यक्ष कृष्ण सबुज बाँनियाँलगायतले धारणा राखेका थिए। आज देशभर प्रदर्शन गर्ने कार्यक्रम अनुरुप कांग्रेसले काठमाडौंमा विरोध कार्यक्रम राखेको हो। शान्तिबाटिकाबाट र्‍याली निकाली शुरु भएको विरोध प्रदर्शन पुतलीसडक, शहीदगेट हुँदै पुन शान्तिबाटिकामा पुगी समापन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here