राष्ट्रपति भण्डारी फेरी अर्को विदेश भ्रमणको तयारीमा

309

काठमाडौं /  राष्ट्रपति विद्यदेवी भण्डारी चीन र अमेरिका भ्रमणमा जाने भएकी छन् । भण्डारी दुई महिनापछि हुने बेल्ट एन्ड रोड इनिसिएटिभ्स बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन चीन जाने भएकी हुन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मेलनको निम्तापत्र नेपालस्थित चिनियाँ राजदूत होउ याङ्छीले अघिल्लो साता राष्ट्रपति भण्डारीलाई हस्तान्तरण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले बीआरआईको दोस्रो सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम तय भएको उच्च स्रोतले बताएको छ।यस्तै राष्ट्रपति भण्डारी आउँदो फागुन अन्तिम साता राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका जाने भएकी छन्। उक्त सत्रमा महिला नेतृत्वको तर्फबाट उनले न्युयोर्कमा सम्बोधन गर्ने अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here