आफूले जिताएर पठाएका सासंदसँग भोट फिर्ता माग्दै प्रदर्शन

111

रुकुम पूर्व /  मंगलबार गोल्खाडामा प्रदर्शन गरेका सर्वसाधारणले आफूले जिताएर पठाएका सासंदले जनमतको कदर गर्न नसकेको आरोप लगाउदै आफूले जिताएर पठाएका सासंदसँग भोट फिर्ताका लागि भन्दै हस्ताक्षर अभियान चलाएका छन् ।

रुकुम पूर्वको स्थायी सदरमुकाम कहाँ रहने भन्ने विषयमा आन्दोलन चर्किंदै गएकोबेला गोल्खाडा सदरमुकाम स्थापना सरोकार समितिका सदस्य ध्रुव पुन मगरले प्रतिनिधिसभा सासंद कमला रोका र प्रदेशसभा सदस्य तेजबहादुर ओली जनताका पक्षमा नबोलेको आरोप लगाए। ‘हाम्रै क्षेत्रबाट हाम्रो मतले चुनाव जितेर अहिले हाम्रो पक्षमा नबोल्नु जनमतको पमान हो ।’ मगरले भने ।

गोल्डामा सदरमुकाम राख्ने विषयमा जिल्लाका तीन गाउँपालिकाका ३१ वडा मध्ये पुथा उत्ततरगंगाका १४ वटै वडा र भुमे गाउँपालिका केही वडाका जनताको समर्थन रहेको प्रदर्शनकारीको दाबी छ । गोल्खाडामा मंगलबारको विरोध कार्यक्रम आयोजना गरिएको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाउने जनाइएको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रशासनले भने सदरमुकामका विषयमा विवाद बढ्दै गएपिछ मुडभेडमा हुने सम्भावना रहेको भन्दै स्थानीय प्रशासनले आइतबार साँझ ७ बजेदेखी अर्को आदेश नभएसम्मका लागि रुकुमकोट उपत्यका र आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ। निषेधित क्षेत्रमा कुनैपनि प्रकारको विरोध प्रर्दशन, सभा, जुलुस भेला नगर्न स्थानीय प्रशासनले निर्देशन जारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here