आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

108

काठमाडौं / काठमाडौं, सर्लाही र जुम्लाका विभिन्न स्थानमा भएका आगलागीबाट करिब ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

काठमाडौं महानगरपालिका-८ जय बागेश्वरी डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएकी ८० वर्षीया विष्णुमती उपाध्यायले आफ्नै कोठामा खाना पकाउँदै गर्दा ग्याँस सिलिण्डर लिक भई मंगलबार साँझ आगलागी भएको छ । उक्त आगो निभाउने क्रममा विष्णुमती उपाध्याय घाइते भएकीले उपचारको लागि कान्तिपुर मेडिकल कलेज तिनकुने लगिएको छ ।

सर्लाही, बसबरीया गाउँपालिका-३ भवानीपुर बलंगवा बस्ने दिपेन्द्र साह र सोही स्थान बस्ने सिताराम साहको उखु बारीमा मंगलबार दिउसो आगलागी हुँदा करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

जुम्ला, पातारासी गाउँपालिका-२ पेरे बस्ने बीरबहादुर बुढाको गोठमा सोमबार राति आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here