सल्यान / पारस्परिक जवाफदेखिता अन्तर्गत स्थानीय सभाको बैठक सल्यानको कपुरकोटमा आइतबार सम्पन्न भएको छ ।
कपुरकोट गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मिन बहादुर सेनको अध्यक्षतामा भएको बैठकमा कृषि, पशु, स्वास्थ्य, शिक्षा क्षेत्रमा देखिएका समस्या र समाधानका विषयमा छलफल भएको हरप्लेस सल्यान पारस्परिक जवाफदेखिता कार्यक्रम संयोजक दिपेन्द्र शाहीले जानकारि दिएका छन् ।
विद्यालयमा स्थापना गरिएको छात्रा विश्राम कक्षलाइ प्रभावकारि बनाउने, विद्यार्थीको दृष्टी जाँचको व्यवस्था मिलाउने, पशु गर्भ जाँचको लागी पहल गर्ने, कृषि क्षेत्रको तथ्यांकहरु संकलन गर्ने लगाएतका निर्णय स्थानीय सभाले गरेको स्वास्थ्य शाखा कपुरकोटका संयोजक अरुण दाहालले जनाएका छन् ।


















