उद्घाटन खेलमा काठमाडौं विजयी

93

काठमाडौं/तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको पहिलो खेलमा काठमाडौं गोल्डेन्सले घरेलु टिम धनगढी स्टार्सलाई चार विकेटले पराजित गर्न सफल भएको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा१३३ रनको मध्यम चुनौती पछ्याएको काठमाडौंले निर्धारित २० ओभर सकिन एक बल बाँकी रहदा जित्न सफल
रह्यो ।

जसका काठमाडौंका लागि महबुब आलम र बिक्रम भुसालले २।५ ओभरमा २९ रनको साझेदारी गर्दै खेलि जित दिलाउन सफल रह्यो । बिक्रम १४ रन र महबुब १२ रनमा अविजित बने । त्यसैगरी लागि अंकित दबासले २८, गौरब तोमरले २८ र अनिलकुमार शाहले २४ रन बनाएका थिए । धनगढीका रोहन मुस्ताफाले चार विकेट लिए पनि टीमलाई जित दिलाउन सकेनन् । टस हारेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १३२ रन बनाएको थियो । धनगढीका लागि अमित श्रेष्ठले अर्धशतक बनाएका थिए । उनले ५० बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ५० रन बनाए । त्यस्तै, सन्दीप रजालीले २८ र सौरभ खनालले १० बलमा २५ रन बनाउन सफल रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here