एनआइसी एशिया बैकिङ क्षेत्रको बादशाह बन्दै

414

 एनआईसी एशिया बैंक निक्षेप तथा कर्जा लगानीमा अरु बैंक भन्दा निकै अगाडी देखिएको छ । चालु आर्थिक बर्षको पुष मसान्त सम्मको बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंक निक्षेप तथा कर्जा विस्तारमा निकै आक्रामक रुपमा अगाडी बढेको देखिएको छ ।

 मुनाफा आर्जनमा केही पछाडी देखिए पनि  बैंकले एक वर्षयता नाफा १ सय २० प्रतिशतले वृद्धि गरेको छ । निक्षेप ४५ प्रतिशतले वृद्धि गरेको छ । निक्षेप संकलनमा नविल र इन्भेष्टमेन्ट बैंकलाई समेत पछाडि पारेको छ । राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी निक्षेप संकलन गर्ने बैंक हो भने निजी क्षेत्रबाट एनआइसी एशिया नै पहिलो बैंक भएको छ । त्यस्तै कर्जा लगानीमा एनआएसी एशियाले राष्ट्रि वाणिज्य बैंकलाई समेत पछाडि पार्दै पहिलो नम्बरमा देखिएको छ । यही गतिमा व्यवसाय विस्तार गर्दै जाने हो भने एनआइसी एशिया बैंक चालु आर्थिक वर्षको अन्त्य सम्ममा निक्षेप, कर्जा र नाफा कमाउने बैंकमा सबैभन्दा अगाडी देखिने पक्का जस्तै छ ।
चालु आर्थिक बर्षको पुष मसान्त सम्मको वित्तीय विवरण अनुसार मुनाफा आर्जानमा पहिलो स्थानमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने दास्रो स्थानमा नविल बैंक रहेको छ तस्रो स्थानमा नेपल इनभेष्मेन्ट बैंक र चाथौ स्थानमा एनआइसी एशिया बैंक रहेको छ । गत आर्थिक बर्षको पुष मसान्तको भन्दा आक्रमक रुपमा बजार विस्तार गरिरहेको एनआईसी एशिया बैंकले १२० प्रतिशतले नाफामा वृद्धि गरेको देखिन्छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले २२ प्रतिशतले नाफा बढाएको छ । नविल बैंकले ११ प्रतिशतले नाफा बढाएको छ । तर नेपाल इन्भेष्टमेन्ट बैंकको भने ६ प्रतिशतले नाफा घटेको छ ।

गत आर्थिक बर्षको पुष मसान्तमा निक्षेप संकलनमा पहिले स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंक चालु आर्थिक बर्षको पुष मसान्तमा पनि पहिलो स्थानमा नै रहेको छ । गत आर्थिक बर्षमा दास्रो स्थानमा रहेको नेपाल इनभेष्टमनट बैंक चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा चौथो स्थानमा पुगेको छ । एनआइसी एशिया बैंक दास्रो स्थनमा उक्लिएको छ । गत बर्षको पुष मसान्तमा निक्षेप संकलनमा तेस्रो स्थानमा रहेको नविल बैंक यो वर्ष पनि तेस्रो स्थानमा नै छ । गत आर्थिक बर्षको पुष मसान्तको तुलनामा चालु आर्थिक बर्षको पुष मसान्तमा सबैभन्दा धेरै निक्षेप एनआईसी एशिया बैंकले ४५ प्रतिशतले बढाएको छ । नविल बैंकले २३ प्रतिशतले, राष्ट्रिय वाणिव्य बैंकले २१ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले ९ प्रतिशले निक्षेप बढाएको देखिन्छ ।

चालु आर्थिक वर्षको पुष मसान्त सम्मको वित्तीय विवरण अनुसार एनआईसी एशिया बैंक सबैभन्दा धेरै कर्जा लगानी गर्ने बैंक बनेको छ । बैंकले गत आर्थिक बर्षको पुष मसान्तको भन्दा ४७ दशमलव ८९ प्रतिशते कर्जा बढाएको छ । कर्जा लगानीमा दास्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले उक्त अवधिमा २१ दशमलव ८९ प्रतिशतले कर्जा बढाएको छ भने नविल बैंक २६ दशमलव ९८ प्रतिशत र नेपाल इन्भेष्टमेन्ट बैंकले १२ प्रतिशतले कर्जा बढाएका छन् ।

एनआइसी एशिया बैंकले अन्य सुचकहरुलाई पनि नियन्त्रणमा नै राखेको देखिन्छ । एनआसी एशियाको खराब कर्जा चार वटा बैंकको भन्दा कम शुन्य दशमलव ३० प्रतिशत मात्र रहेको छ । आधार ब्याजदर भने अन्य बैंकको भन्दा केही माथि देखिएको बैंकिङ खबरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here