आजदेखि उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने

46
?????????????????

एजेन्सी । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।

राष्ट्रपति गोटाबायाले आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिनुभएको छ । संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनुहुनेछ । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उहाँले शासन सञ्चालन गर्नुहुनेछ ।

यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म बाहिर ननिस्कने अडान राखेका छन् ।

सभामुखले आउँदो साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई गराउनुभएको छ । त्यहाँ राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ । श्रीलङ्काले केही महिनायता आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here