विप्लव नेकपाद्धारा सल्यानमा २ सय भन्दा धेरै कमिटी निर्माण

251

सल्यान /  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सञ्चालन गरेको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान कार्यक्रम अन्तर्गत सल्यानमा २ हजार भन्दा बढिको सदस्यतामा विभिन्न कमिटी गठन गरेको छ । जिल्लाका १० वटै स्थानीय तहमा अभियान जारी राखी नेकपाले कमिटी गठन गरीरहेको हो ।

अहिले सम्म जिल्लामा बिप्लव नेकपाले २ सय भन्दा बढि कमिटि गठन गरिसकेको जनाएको छ । जस्मा २ हजार भन्दा धेरै सदस्य रहेको नेकपाका केन्द्रीय सदस्य तथा सल्यान रुकुम अभियानका टिम कमाण्डर चिरण पुन ‘मिलन’ले जनाए ।

जिल्लामा अभियानको पहीलो चरण जिल्लाको बागचौर नगरपालीका, दार्मा गाउँपालीका, कुमाख गाउँपालीका, कपुरकोट गाउँपालीका र छत्रेश्वरी गाउँपालीका सम्पन्न भएको छ । यी स्थानीय तहमा मात्रै २ सय भन्दा धेरै कमीटि निर्माण गरिएको नेकपा सल्यानका ईन्चार्ज डिल्ली राज शर्मा विश्ले बताए । दोस्रो चरण सुरु गरी अन्य स्थानीय तहमा कमिटी गठन गर्न थालिएको उनले जनाए ।

जिल्लामा अहिले सम्म नगरकमिटी, गाउँकमिटी, वडा कमीटि र टोल ईकाई कमिटी गठन गरिएको छ । केही पुराना र धेरै जसो नयाँ कमिटी निर्माण गरिएको ईन्चार्ज विश्ले जनाए ।

कमिटी मध्यका नेकपाले पार्टी कमीटी र जनबर्गिय संगठन निर्माण गरिएको जनाइएको छ । जनबर्गिय संगठनमा जनसत्ता, युंवा संगठन, महिला संगठन, दलित संगठन, जनजाती संगठन, किसान संगठन, बुद्धिजीवी र शिक्षक संगठन निर्माण गरिएको नेकपा सल्यानले जनाएको छ ।

अभियानमा नेकपाका केन्द्रीय सदस्य मिलन, दैलेख जिल्ला बिबेक, सल्यान जिल्ला ईन्चार्ज विश्व, युवा संगठनका केन्द्रीय सदस्य पाटन लगायत जिल्लाका अन्य नेताहरुले संगठन बिस्तारलाई तिब्रता दिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here