जङ्गी अड्डामा प्रधानसेनापतिले गरे यस्तो राम्रो घोषणा !

106

 काठमाडौं / जङ्गी अड्डा परिसरमा आज आयोजित एक विशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डालाई प्लाष्टिक मुक्त क्षेत्र घोषणा गर्नु भएको छ ।

उक्त कार्यक्रमको दौरान प्रधानसेनापति महारथी थापाले उपस्थित सकलदर्जालाई सम्बोधन गर्नुहुँदै प्लाष्टिकजन्य वस्तुको प्रयोगले वातावरणमा पार्ने नकरात्मक प्रभावका बारे स्पष्ट भई प्लाष्टिकको प्रयोगलाई सांगठनिक रुपमै निरुत्साहित गर्न जङ्गी अड्डाबाट सुरु गरिएको यस अभियानलाई नेपाली सेनाको सम्पूर्ण युनिटहरुले अभियानका रुपमा अगाडी बढाई व्यारेक इलाकालाई प्लाष्टिक मुक्त क्षेत्र कायम राख्न निर्देशन दिनुभएको छ ।

साथै, कस्ता प्लाष्टिकजन्य वस्तुलाई निषेधित गर्ने र कस्तालाई पुन: प्रयोगमा ल्याउन सकिने कुरामा समेत स्पष्ट भई उचित व्यवस्थापनको लागि सम्बन्धीत विभागलाई निर्देशन समेत दिनु भएको छ ।

प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिवद्धता अनुसार सुरुवात गरिएको यस प्लाष्टिक निषेधित क्षेत्र कार्यक्रममा उपस्थित रहनु भएका नेपाली सेनाका रथीवृन्द, अधिकृत र अन्यदर्जाहरुले जङ्गी अड्डा परिसरमा सरसफाई समेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here