तीन जिल्लाका किसानलाइ कपुरकोटमा तालिम प्रदान

186

सल्यान / ६४ वटा कृषक समुहलाइ अगुवा कृषक तालिम प्रदान गरिएको छ । उन्नत कृषि केन्द्र कपुरकोटले सल्यान सहित दाङ र रोल्पामा गठन भएका ६४ वटा कृषक समुहका अध्यक्षहरुलाई तालिम प्रदान गरेको हो ।

खेती गर्दा माटोको गुणस्तर कस्तो हुनु पर्दछ । विरुवालाई आवश्यक पर्ने मलखाद तथा पोषक तत्व, माटाको पि एच मान, रोग किरा को बारेमा अल्फा एग्रो विरगन्जको सहकार्यमा तालिम प्रदान गरिएको उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्माले जानकारी दिए ।

यस क्षेत्रमा अव बेमौसमी तरकारि खेती सुरु हुने भएकाले खेती सुरु हुनुभन्दा पहिले नै महत्वपूर्ण विषयमा किसानलाइ प्राविधिक ज्ञान प्रदान गरिएको उनले जनाए ।

उनका अनुसार सल्यान जिल्लाको कपुरकोट गाउपालिका, त्रिवेणी गाउपालिकाको टुनिबोट र सल्लेखोला, रोल्पा जिल्लाको त्रिवेणी गाउपालिकाको बुढागाउ चक्रि र तुल्सिपुर उपमहानगरपालिका वडा नं.३ को राम्रीमा गठन गरिएका ६४ वटा कृषक समुहका अध्यक्षहरुलाई तालिम दिइएको हो ।

सहभागी कृषकहरुलाई उन्नत कृषि केन्द्रका सञ्चालक घनश्याम शर्मा, अल्फा एग्रोका क्रितेश पौडेल, किसान २ का लक्ष्मण दनुवार, अल्फा एग्रो प्रा.ली. का लक्ष्मण खनाल लगाएत कृषि प्राविधिकहरुले तालिम प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here