सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंक्यास्योरेन्स सम्झौता

131

 काठमाडौं / सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैंक्यास्योरेन्स सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच सानिमा लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच सम्झौता भएको हो । कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमल्सीना तथा बैंकका तर्फबाट प्रमुख व्यवसायी अधिकृत सुजित शाक्यले सम्झौतामा हस्ताक्षर गनुभएको हो ।

उक्त कार्यक्रममा कम्पनीका तर्फबाट नायब महाप्रबन्धक केशवराज के.सी तथा वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार ग्राहकहरुले सिभिल बैंकका सम्पूर्ण शाखाहरुबाट सानिमा लाइर्फ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here