काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले कालु पाँडेको पूर्णकदको शालिक अनावरण गरेका छन्।
काठमाडौंको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्र दहचोक ईन्द्र दह ,कालुपाँडे समाधिस्थलमा तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरण गरेका हुन्।
पत्नी राधिकासहित दहचोक पुगेका प्रधानमन्त्री ओलीले निर्माणाधीन ५ तल्ले भ्यू टावरको समेत अवलोकन गरेका छन्।


















