नेपाल वायु सेवा निगमबाट १३ सिनियर क्याप्टेनसहित १७४ जना कर्मचारीको माग

101

काठमाडौं / नेपाल वायु सेवा निगमले शुक्रबार विज्ञापन आह्वान गर्दै विभिन्न पदमा १ सय ७४ जना कर्मचारी माग गरेको छ।

निगमले माग गरेको कर्मचारीमा सिनियर क्याप्टेनदेखि ग्राउण्ड इक्युप्मेन्ट अपरेटरसम्मका रहेका छन । हाल उक्त रिक्त पदका लागि कर्मचारी माग गरेको निगमले जानकारी दिएको छ ।

निगमले सिनियर क्याप्टेन १३ जनाका लागि विज्ञापन आह्वान गरेको छ भने सबैभन्दा बढी वरिष्ठ सहायकमा ३४ जना कर्मचारी माग गरेको छ । भने सहायकमा १८ र जुनियर क्याप्टेनमा १५ जना कर्मचारी माग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here