जाजरकोट / देशका विभिन्न ठाउँ पुग्दा भाषण र पोशाकले चर्चा पाइरहेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराई बिहीबार मात्रै पहिलोपटक दौरा सुरुवाल लगाएको फोटो सार्वजनिक भएपछि झनै चर्चामा आएका छन् ।
‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद’ कार्यक्रम लिएर गाउँगाउँ पुगेका भट्टराईले देशको राजनीति, विकास र अर्थका कुरासँगै आफ्ना पुरानो सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको प्रसँगबारे पनि चर्चा गर्न भ्याउनुभयो ।
प्रचण्डसँग कस्तो सम्वन्ध छ भन्ने पत्रकारको अर्को जिज्ञासामा उनले भने, ‘काठमाण्डौ जान हिँडेका हामी सहयात्री फरक–फरक गन्तव्यमा झर्ने निर्णय गरी कोही सल्लीबजार, कोही छिञ्चु, कोही कोहलपुर र अध्यक्ष प्रचण्ड लमहीमा झर्नुभयो । मेरो नेतृत्वको टोलीले काठमाण्डौ पुगेर नयाँ गन्तव्यका लागि यात्रा तय गर्यो । त्यसैले आज तपाईँहरुसँग जाजरकोट दरबार क्षेत्रमा भेट भयो ।’
प्रचण्ड र आफू एउटै गाडीमा यात्रा गरेको र प्रचण्ड गन्तव्यमा पुग्न नसकेर अर्कै गाडीमा चढेको, आफू मात्रै गन्तव्यमा पुगेको पनि उनले दाबी गरे ।


















