भारत र पाकिस्तान युद्ध गर्ने मनस्थितिमा प्रस्तुत

177

 काठमाडौं / भर्खरै भारतले पाकिस्तान भएर बग्ने नदी बन्द गरेर पाकिस्तानलाई त्रसित बनाउने घोषणा गरेसंगै र साथै निरन्तर रुपमा आरोप लगाएपछि पाकिस्तानले पनि भारतविरुद्ध युद्धको तयारी सुरु गरेको जनाइएको छ ।

भारतको सीमामा तैनाथ सैनिकको लागि युद्धका सामान पठाउने तयारी भइरहेको एक समाचार रिपोर्टमा जनाइएको छ । भारतसित युद्ध भइहालेकोअवस्थामा सैनिकहरुको उपचारको लागि अस्पतालहरुलाई पनि जुनसुकै बेला मेडिकल सपोर्टको लागि स्ट्याण्डबाइ रहन निर्देशन दिइएको छ ।

रिपोर्टमा दावी गरिएअनुसार इरानसँगको सीमा जोडिएको क्षेत्र बलुचिस्तान र भारतसँग सीमा जोडिएको पाकिस्तान नियन्त्रित कश्मिर (पिओके)को स्थानीय प्रशासनलाई भारतको तर्फबाट युद्ध हुने स्थितिमा जुनसुकै कारवाहीको लागि तयार रहन निर्देशन दिइएको छ ।

निर्देशनमा भनिएको छ ‘हामीलाई विश्वास छ, पूर्वीमोर्चामा आपतकालीन युद्धको अवस्थामा घाइते जवानहरुलाई सिन्ध र पन्जाबका सिभिल र मिलिट्री अस्पतालबाट मेडिकल सहायता दिइनेछ । सुरुवाती उपचारपछि घाइते जवानहरुलाई बलुचिस्तानस्थित सिभिल अस्पताल पठाइनेछ । सिभिल अस्पतालमा बेडको संख्या २५ प्रतिशतसम्म बढाउन निर्देशन दिइएको छ ।

बिहीबार पिओके सरकारले नीलम, झेलम, रावलकोट, हवेली, कोटली र भिम्बरको नियन्त्रण रेखा (एलओसी)सँग जोडिएका क्षेत्रमा बस्ने नागरिकलाई एडभाइजरी जारी गरेको छ । युद्धको स्थितिमा तयार रहन नागरिकलाई भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here