विवादै विवादमा रानीपोखरी पुनर्निर्माणमा ३ करोड स्वाहा !

239

काठमाडौं / काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणमा करिब तीन करोड रुपैयाँ सकाएको छ । महानगरपालिकाले ३ सय ५० वर्ष पुरानो रानीपोखरीको पुनर्निर्माणमा आधुनिक सामग्री ९क्रंकिट०को प्रयोग गर्नेगरी ठेक्का लगाउँदा महानगरपालिकाले रानीपोखरी पुनर्निर्माणमा करिब तीन करोड सकाएको हो ।

ठेकेदार कम्पनी ‘वल्र्ड वाइड कँडेल केएन केजी जेभी’ लाई २ करोड ३० लाख दिएर थालेको कार्यमा कंक्रिड प्रयोग भएको भन्दै विवाद भएपछि त्यसलाई भत्काउने निर्णय भएको थियो । कंक्रिडको पर्खाल भत्काउन थप १५ लाख ४५ हजार खर्च भएको कामपाका प्रवक्ता ईश्वरमान ढंगोलले जानकारी दिए ।

काठमाडौंकी उपप्रमुख हरिप्रभा खड्गीले विवादै विवादमा रानीपोखरी पुनर्निर्माणमा कामपाको तीन करोड सकाएको छ । महानगरको आफ्नै कमजोरीका कारण रानीपोखरी पुनर्निर्माण कार्य अहिले राष्ट्रिय पुनर्निर्माण प्रधिकरणले गर्ने भएको छ ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तीन्द्र मल्लको नाममा १७२५ सालमा निर्माण गरेका थिए । २०७२ को भूकम्पका कारण क्षति भएको रानीपोखरी हालसम्म पनि उठ्न सकेको छैन ।  महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण गर्दा स्थानीयको सुझाव नलिएको र कानुनविपरीत काम गरिएकाले समस्या उत्पन्न भएकाले सरकारको तीन करोड स्वहा भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here