श्रीमतीको टाउको काटेर हातमा झुण्ड्याउँदै प्रहरी चौकी पुगेपछि…

374

भारत / भारतमा आफ्नै श्रीमतीको टाउको काटी लिएर एक व्यक्ति प्रहरी चौकी पुगेका छन् । मध्य प्रदेशको राजधानी भोपालबाट करिब ४ सय ५० किलोमिटर टाढा मुरैना जिल्लाको चम्बर इलामा उक्त घटना भएको बीबीसीले जनाएको छ ।

कल्याण शाक्यवार नाम गरेका व्यक्तिले श्रीमतीको हत्या गरेर टाउको हातमा झुन्ड्याउँदै कल्याण महुवा प्रहरी चौकीमा पुगेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ ।

मुरैनाका प्रहरी अधीक्षक रियाज इकबाल घटनाको जानकारी दिँदै भन्छन्, ‘घटना बुधबार बाहिर आएको हो । कल्याण शाक्यवार नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर थानामा आफैविरुद्ध उजुरी दिन आएका थिए । ’

प्रहरीका अनुसार कल्याण र उनकी श्रीमती पंकजबीच हरेक दिनजसो उनीहरुबीच झगडा हुन्थ्यो । यसै क्रममा बुधबार झगडा बढ्दै गएपछि कल्याणले बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको भारतीय प्रहरीले जनाएको छ ।

कल्याणले श्रीमतीको हत्या गरेर उसले टाउको हातमा झुण्ड्याउँदै प्रहरी चौकी पुगेका थिए । उनको हातमा एक महिलाको टाउको देखेर सबै डराइरहेका थिए । उनीहरूको विवाह १० वर्षअघि भएको थियो। उनीहरूका तीन छोराछोरी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here