बम विस्फोटको घटनाप्रति प्रधानमन्त्री ओलीको मौनता

163

काठमाडौं / देशमा भएका सामान्य घटनामा पनि आफ्नो धारणा व्यक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओली यही कारण अहिलेसम्म औपचारिकरुपमा बोल्न सकेका छैनन्। त्यतिमात्र होइन, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पनि यी घटनामा आफ्नो आधिकारिक धारणा व्यक्त गर्न सकेको छैन।

आफूलाई गृहमन्त्री थापाले छलफल लागि बोलाएको संयोजक पाण्डेयले जनाए । केही दिनदेखि राजधानी बाहिर रहेकाले आज काठमाडौं पुग्नेवित्तिकै गृहमन्त्रीलाई भटेर छलफल गर्ने उनले सञ्चारमाध्यमलाई जानकारी दिए। ‘गृहमन्त्रीसँग छलफल भएपछि मात्र अब के गर्ने भन्न सकिन्छ,’ संयोजक पाण्डेयले भने,’घटनामा हाम्रो आधिकारिक धारणा पनि त्यसपछि नै सार्वजनिक हुन्छ।’

गत भदौ ६ गते बसेकको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेकपाकै सांसद पाण्डेयको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो। उक्त निर्णय अनुरुप समितिले सरकारबाट भूमिगत, अर्धभूमिगत, द्वन्द्वरत र असन्तुष्ट राजनीतिक दल तथा समूहसँग वार्ताको म्यान्डेट पायो।

संयोजक पाण्डेयका अनुसार समितिको पहिलो प्रथामिकतामा विप्लव नेतृत्वको पार्टीसँग वार्ता गर्नु थियो। तर, समितिले विप्लव नेतृत्वको पार्टीलाई वार्तामा ल्याउन सकेन। यो रणनीति असफल भएपछि अब कस्तो रणनीति अवलम्बन गर्ने भन्ने विषयमा अन्योल देखिएको छ।

यसअघि म्यान्डेट अनुरुप समितिले विप्लव नेतृत्वको पार्टीसँग पनि वार्ताको पहल गरिरहेको थियो। वार्ता गर्नकै लागि भनेर पक्राउ परेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई आफ्नो विशेष अनुरोधमा गृहमन्त्रालयले छोडेको समेत संयोजक पाण्डेयको दाबी छ। तर, वार्ता भइरहेका बेला देशभर विस्फोटका घटना भएका छन्। यी विस्फोटका घटनालाई नेकपाले जिम्मा लिइसकेको छ। विस्फोटमा एकजनाको मृत्यु र दुई जना घाइते भएका छन्।

बोले गृहमन्त्री

शुक्रबार राति देशभर भएको श्रृखलावद्ध बम विस्फोटका कारण गृहमन्त्री रामबहादुर थापा त्रसित देखिएका छन्। सरकार यो घटनामा चुप रहेको अवस्थामा पनि गृहमन्त्री थापाले आफ्नो धारणा व्यक्त गरिरहेका छन्।

गृहमन्त्री थापाले संसदको राज्य व्यवस्था समितिमा विस्फोटको घटना विप्लव समूहले गराएको दावी गरे। ‘प्रारम्भिक सूचनाअनुसार बिस्फोटमा विप्लवको समूह संलग्न देखिन्छ’ थापाले भने,’यस्ता समूहको प्रतिरोध गर्न सरकार अब ठोस सुरक्षा योजना बनाएर अघि बढ्छ।’

यसअघि घटनाको भोलिपल्ट विहानै घाइते तथा मृतकका परिवारलाई भेटेर क्षतिपूर्ति तथा उपचार खर्चको उपलब्ध गराउने घोषणा गरिरहेका छन्।आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here