एजेन्सी/काराबाओ कपको फाइनल खेलमा गोलकिपर मैदानबाट निस्किन नमानेपछि‘ हंगामा मच्चिएको छ । खेलको अतिरिक्त समयमा चेल्सीका गोलकिपर केपा एरिजाबलागालाई प्रशिक्षक माउरिजिओ सारीले प्रतिस्थापन गर्न खोजेको थियो तर, केपाले मान्दैनन् । गोलरहित अवस्थामा उनलाई सामान्य घाइते कारणले गर्दा सामान्य उपचार गरिएकाले प्रशिक्षकले रिजर्भ किपर विल्ली क्याबालेरोलाई सम्भावित पेनाल्टी सुटआउटका लागि मैदानमा पठाउन खोजेका थिए । तर, केपाले मैदान छोड्नै नमानेपछि सारीले हार खान्छन् । त्यसपछि रेफ्री नोनाथन मोस दौडेर प्रशिक्षककहाँ पुग्छन् र सोध्छन् कि केपा बाहिर निस्कदै छन् कि छैनन् । सारीले परिवर्तन नहुने संकेत गर्छन् । यता मैदान भित्र पस्नका लागि तयारि क्यबाल्लेरो हतास भएर फर्किन्छन् । केपाको जिद्धिले गर्दा टिमलाई हानी भयो । पेनाल्टी सुटआउटमा चेल्सीलाई पराजित गर्दै म्यान्चेस्टर सिटीले ४–३ नतिजाका साथ क्याराबाओ कप आफ्नो पोल्टामा पार्यो । म्यान्चेस्टर सावित विजेता पनि हो ।
यस खेलबाट सारी निकै उदास र मलिन हुनु प¥यो । साथै अन्य खेलाडीहरु पनि स्तब्ध देखिन्थे । यस खेलपछि मिडियाहरुले केपा र सारी दुवैको आलोचनाका पात्र बने । प्रशिक्षकको आदेश अटेर गर्ने केपालाई अनुशासनहिनको संज्ञा दिइएको छ भने खेलाडीमाथि हावी हुन नसकेका सारीलाई लाचार भनिएको छ । ‘आफ्नो निर्णय लागू नसकेकोले पद छोडेर हिँड्नुपर्ने अवस्था श्रृजना हुने,’ एक खेल विश्लेषकले भनेको छ ।

















