पाकिस्तानी आकाशमा भारतीय वायुसेनाको दुई विमान खसालेको दाबी , एक पाइलट पक्राउ

155

काठमाडौं / सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेर भारतीय वायुसेनाको दुई विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । एक पाइलट पनि पक्राउ परेको छ ।

मंगलबार भारतीय वायुसेनाले बालाकोटमा आक्रमण गरेपछि भारतले ३५० चरमपन्थी मारिएको दाबी गरेको थियो भने पाकिस्तानले त्यसको खण्डन गरेको छ । तर, भारतले आफैं सम्प्रभुता उल्लंघन गरेको भन्दै आफ्नो अनुकुल समय र स्थानमा जवाफ दिने जनाएको थियो । त्यसको भोलिपल्ट पाकिस्तानी सेनाले भारतीय वायुसेनाको विमान खसालेको दाबी गरेको हो ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए । पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्।

भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् भने पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here