सावधान ! फेसबुकमा लाइक बढाउने चक्करमा यस्तो गल्ती नगर्नुहोस्

178

फेसबुकमा लाइक पाउन जसलाई पनि मन लाग्छ । मानिसहरुलाई आफ्नो फेसबुकमा धेरै भन्दा धेरै लाइक आओस भन्ने चाहना हुन्छ । फेसबुकमा लाइक बढाउन चाहनु हुन्छ भने फेसबुकमा कुनै पनि पोष्ट गर्दा सँधै विचार गर्नुस् कि तपाइका अधिकतम साथीहरु अनलाइन छन् । त्यसो भएमा तत्काल लाइक आउने सम्भावना बढी हुन्छ । अधिकांश मानिस रातिको समयमा अनलाइन हुन्छन् । यो समयमा पोष्ट गर्दा लाइक पाउने सम्भावना बढी हुन्छ ।

फेसबुकमा यी ५ कुरा कहिल्यै पोष्ट गर्दा ध्यान दिनुहोस् कतै तपाईबाट केही गल्ती त भएके छैन ।

  • कुनै पनि पोष्ट गरेको आधा घण्टा सम्म पनि खासै लाइक आएन भने बुझ्नुस् तपाइँको पोष्ट धेरैले देखेनन् । यस्तो पोष्टलाई डिलिट गर्नुस् र फेरि हाल्नुस् ।
  • ध्यान राख्नुस् हरेक समय केही न केही फेसबुकमा पोष्ट गरिरहने बानी राम्रो होइन । यसो गर्दा अरुले सस्तो मान्ने हुन्छ । सके सम्म केही समय ग्याप गरेर मात्र पोष्ट गर्ने बानी बसाल्नुस् ।
  • साथीहरुलाई अनावश्यक तस्विर वा पोष्टमा ट्याग नगर्नुस् । ट्याग गरेको सबैलाई मन पर्दैन । यसले तपाइँलाई लाइक बढाउने भन्दा पनि घटाउने खतरा हुन्छ ।
  • कहिले काँहि लाइक बढाउनका लागि साथीभाइलाई पुराना पोष्टमा लाइक गर्न लगाउन सकिन्छ । यसले गर्दा तपाइँको पोष्ट नयाँ जस्तै अरुको वालमा पुगेर लाइक पाउन सकिन्छ ।
  • धेरै भन्दा धेरै मानिसलाई इङ्गेज गर्नका लागि फेसबुकमा सबैको चासो भएको विषयमा प्रश्न सोध्न पनि सकिन्छ । ताकि धेरै भन्दा धेरै मानिसले तपाइँको प्रश्नको जवाफ दिउन् । यसो गर्दा तपाइँको पोष्टमा लाइक बढ्ने सम्भावना पनि हुन्छ ।
  • मानिसहरुको ध्यान तान्न अरुका स्टेटस वा तस्विरलाई पनि शेयर गर्न सकिन्छ । अन्य पोष्टमा पनि लाइक आउने सम्भावना बढी हुन्छ ।
  • कहिले काँही सेलिब्रेटीका तस्विर वा आफूले सेलिब्रेटीसँग लिएका तस्विर राखेर पनि लाइक पाउन सकिन्छ । यसले मानिसहरुलाई आकर्षित गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here