छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 

116

काठमाडौं / पर्साकाे धोबिनी गाउँपालिका-२ आशवारीस्थित नहरमा ना.२१ प १५७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-४ बस्ने ४५ वर्षीय अशोक प्रसाद साहको नारायणी अस्पतालतर्फ उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार साहकी बहिनी भारत बस्ने ४२ वर्षीया सुनैना देवीको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

साथै काभ्रे जिल्लाकाे बनेपा नगरपालिका-१० जनगालस्थित सडकमा अाज मंगलबार बिहान बा.१० च २१५४ नम्बरको बोलेरो गाडीले अनटेष्ट लेखेको मोटरसाइकललाई ठक्कर दिँदा उक्त मोटरसाइकल बा.३ ख ७०७८ नम्बरको ट्रिपरको मुनी छिर्न गई भएको दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुर, भक्तपुर नगरपालिका-९ च्यामासिङ्ग बस्ने २० वर्षीय विमल कुटुजुको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका-८ बस्ने २१ वर्षीय प्रेम बहादुर दाहाललाई शिर मेमोरियल अस्पताल बनेपा हुँदै थप उपचारको लागि मध्यपुर ठिमी भक्तपुरतर्फ पठाइएको छ । दुवै गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यसैगरी सुनसरी, कोशी गाउँपालिका-४ पूर्वपश्चिम राजमार्गमा स.१ झ २६८ नम्बरको गाडी र को.३० प ५३०१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर अाज  बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल सवार सोही ठाउँ पृथ्वीनगर बस्ने २९ वर्षीय दिपेश मुखीया सुनुवारको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक झापा दमक नगरपालिका-१० बस्ने ३० वर्षीय योगेस कुमार धिमाललाई उपचारको लागि विराटनगर नर्सिंङहोममा पठाइएको छ ।

राप्ती अञ्चल दाङ जिल्लाकाे लमही नगरपालिका-५ सुनखोलीमा लु.२ ख १३७६ नम्बरको ट्रकले अाज बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका-४ अर्ना बस्ने ३५ वर्षीय रफिक राईनीको नेपालगंज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here