सकियो श्रद्धाञ्जली , मन्त्रीको शव पोखरा लगिँदै

95

 काठमाडौं / टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव उठाइएको छ । अब केहि बेरमा उनको शवलाई गृहनगर पोखरा लगिने छ ।

ताप्लेजु‌ङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएका सबैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको उनको शव टुँडिखेलबाट कमलपोखरी, रातोपुल हुँदै गौशाला बाटएयरपोर्ट लगिएको हो।

पोखरामा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्तिम संस्कार गरिने कार्यक्रम छ । अन्तिम संस्कारमा सहभागी हुन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलससहित नेताहरु बामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि पोखरा जाने छन् ।

श्रद्धाञ्जलिका लागि टुँडिखेलमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्‍न पार्टीका नेताहरु आफन्तसहित ठूलो संख्यामा सर्वसाधारण नागरिकहरु उपस्थित भएका थिए ।

हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको ज्‍यान गएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here