स्मार्ट सिटिमा हरेक नागरिकहरु पनि स्मार्ट हुनुपर्छ –मेयर पाण्डे

223

शरद रेग्मी
तुलसिपुर /  तुलसिपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले स्मार्ट सिटिका नागरिकहरु पनि स्मार्ट हुनुपर्ने जनाउनुभएको छ । शुक्रबार बिमा समितिले तुलसिपुरमा भएको अन्तर क्रिया कार्यक्रममा बोल्दै मेयर पाण्डेले नगरभित्रका हरेक नागरिकलाई हरेक क्षेत्रमा स्मार्ट बनाउनुपर्नेमा जोड दिनुभयो ।स्थानीय तह सङग बिमा समिति बिषयक अन्तरक्रिया कार्यक्रममा मेयर पाण्डेले नियमित बचत गर्ने बानि बसाउनुपर्ने जनाउनुभयो ।

स्मार्ट सिटि हुनका लागि नागरिक स्मार्ट हुनु पर्छ ,शिक्षा स्मार्ट हुनुपर्छ अनि नागरिकको स्वास्थ पनि स्मार्ट हुनुपर्छ मेयर पाण्डेले भन्नुभयो । उहाँले आफ्नो ,परिवार अनि सम्पत्तिको अनिवार्य रुपमा बिमा र हरेक नागरिकको बैक खाता अनिवार्य रहेको भन्दै हरेक नागरिक लाई बचत गर्ने बाताबरणको श्रृजना गर्दै जानुपर्ने जनाउनुभयो ।

उहाँले सबै नागरिक र किसानहरुलाई आत्मनिर्भर बनाउन स्थानीय बित्तिय सस्थाहरु सङग सहकार्य गरेर अगाडि बढनुपर्ने भन्दै नागरिकको आए स्तर बृद्दि गर्न उपमहानगरपालिका सधैंभरि सहयोगीको भुमिकामा रहेको जनाउनुभयो ।

कार्यक्रममा बिमा समितिका कार्यकारी अध्यक्ष चिरञ्जीवी चापागाईं,नेपाल ईन्सुरेन्सका अध्यक्ष अर्जुन शर्मा पौडेल, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले आफ्नो सुरक्षाका लागि बिमा अति आवश्यक रहेको भन्दै बिमा शिक्षालाई गाउँ गाउँ सम्म लैजानुपर्ने बताएका थिय । कार्यक्रममा उनिहरुले बिमा कम्पनी हरु सेवा मुखि हुनुपर्ने समेत धारणा राखेका थिय । सो अबसरमा तुलसिपुर उपमहानगरपालिकाका जनप्रतिनिधिहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिय ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here