ज्येष्ठ नागरिकलाई भत्ता दिने नेता अधिकारीको निधन

142

काठमाडौ, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ ।

फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको निधन भएको अस्पतालका मेडिकल डारेक्टर डा भाष्करराज पन्तले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

नेताअधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उनको पार्थिव शरीर आइतबार बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा राखिने नेकपाका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा उनले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र आफ्नो गाउँ आफै बनाऔँजस्ता लोकप्रिय कार्यक्रम ल्याएका थिए । चारपटक सांसद बन्नुभएका अधिकारीले भौतिक योजना तथा निर्माण र कानून तथा न्याय मन्त्रालय पनि सम्हालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here