अमेरिकी महिला पाइलटलाई बलात्कार

65

एजेन्सी/अमेरिकाकी एक सांसदले वायुसेनामा काम गर्नेबेला एक वरिष्ठ अधिकारीले उनीसँग बलात्कार गरेको खुलासा गरेकी छिन् । युद्धमा लडाकू विमान उडाउने पहिलो अमेरिकी पाइलट एवं सांसद मार्था मेकस्लीले सेनामा यौन दुष्कर्म मामलाको सुनुवाईको क्रममा खुलासा गरेकी हुन् । पत्रिका एरिजोना रिपब्लिकनको रिपोर्ट अनुसार लज्जा र भ्रम महसुस गरेको र व्यवस्थामाथि विश्वास नभएकाले उनले बलात्कारविरुद्ध रिपोर्ट दर्ता गरेकी थिइनन् । सन् २०१७ मा अमेरिकी सेनामा लगभग ६ हजार आठ सय यौन उत्पीडनको मामला दर्ता गरिएका थिए । यो आँकडा गत वर्षको तुलनामा १० प्रतिशत बढी हो । ५२ वर्षकी मार्था मेकस्ली बुधबार सिनेट आम्र्ड सर्भिस सबकमेटीमा यौन उत्पीडनका शिकारको सुनुवाईको क्रममा बोलिरहेकी थिइन् । वायुसेनाकी एक प्रवक्ताले भनिन्, ‘सांसद मेकस्लीले जुन अनुभव साझा गरिन्, त्यसबारे थाहा पाउँदा हामी चकित र भित्रैदेखि दुःखी छौं । हामी उनी र यौन उत्पीडनका शिकार सबैको पक्षमा छौं ।’ मार्थाले यौन उत्पीडनका शिकार अन्य महिलालाई हिम्मत मिलोस् भनेर आफूमाथिको यौन हिंसा साझा गरेको बताइन् ।
उनले भनिन्, ‘तपाईंहरु झैं हामी पनि यौन उत्पीडनकी शिकार हुँ । तर थुप्रै बहादुर महिलाको विपरित मैले यसको विरुद्ध आवाज उठाइनँ । अन्य महिला र पुरुष झैं त्यतिबेला मलाई व्यवस्थामा विश्वास थिएन ।’ ‘यसका लागि म आफूलाई दोषी ठान्छु । मलाई लाज लागेको थियो र म द्वीविधामा थिएँ । एक मामलामा म एक वरिष्ठ अधिकारीकी शिकार बनेँ र मलाई उनले बलात्कार गरे ।’ मार्थाले यसबारे थुप्रै वर्षपछि वरिष्ठ अधिकारीसँग गरेपछि उनीहरुले यसमा उचित प्रतिक्रिया नदिएको बताइन् । मार्था २६ वर्षसम्म अमेरिकी वायुसेनामा कार्यरत रहिन् र सन् २०१० मा उनले कर्नलको पदबाट अवकाश पाएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here