वृद्धभत्ता हटाउन सरकारको तयारी

361

काठमाडौं / सरकारले सामाजिक सुरक्षाको रूपमा बाँडिरहेको बृद्वभत्ता हटाउने भएकोछ । बृद्धभत्ताको नाममा ठुलो चलखेल, राजनीति र भ्रष्ट्राचार भएको जनाउँदै सरकारले यसलाई हटाउन लागेको हो । बृद्धभत्ताको रूपमा जेष्ठ नागरिकहरूलाई दिँदै आएको भत्ता वैज्ञानिक र व्यावहारिक नभएको आवाज उठिरहेको बेला सरकारले हटाउने तयारी गरेको हो । बृद्धभत्ताको कारणले राज्यको ठुलो धनराशि अनुत्पादक तरिकाले खेर गइरहेकोले सरकारले हटाउन लागेको स्रोतले जनाएका छन् ।

तत्कालीन मनमोहन अधिकारीको सरकारबाट सुरु भएको बृद्धभत्ता आजसम्म आउँदा धेरैले राजनीति गर्ने, सस्तो लोकप्रियता कमाउने भाँडो भएको र तल्लो तहमा यसैको नाममा भ्रष्टाचार मौलाएको निष्कर्ष निकाल्दै अर्थमन्त्रालयले यसलाई हटाउनको लागि सुझाव सङ्कलन र फरक र प्रभावकारी तरिकाले कसरी ल्याउन सकिन्छ भनेर तयारी थालेको एक श्रोतले जानकारी दिएको छ । गाउँ गाउँमा भत्ताको नाममा हुने राजनीति, बेथिति र भ्रष्टाचारले गर्दा यसलाई हटाएर वैज्ञानिक र व्यावहारिक तरिकाले अन्य कुनै कार्यक्रममा वृद्ध वृद्धालाई समेट्ने सरकारको योजना रहेको अर्थमन्त्रालयका एक कर्मचारीले बताएका छन् ।

१०यदि साच्ची नै भन्नु पर्दा एमालेले राज्निती गरेरा उपलब्धिको नाममा यहि एउटा काम भएको थियो जस्तो लाग्छ आमजनता सामु हो वृद्ध भत्ता दिएर जो असाय र लाखौ पीडित वृद्धहरुको आशीर्वादले नै होला सायद अहिले याहाँ सम्म आईपुग्नुको मुख्य कारण हो यदि नेपाल सरकारले पीडित वृद्धहरुको वृद्ध भत्ता कटौटि गर्नु भन्दा बरु यदि सच्चा देश भक्त नेपाल सरकार हुनु हुन्छ भने वृद्ध भत्ताको नाममा भ्रस्टाचार गर्ने त्यस्ता देशको नालयक भ्रस्टाचारीलाई हदैसम्मा कार्बाही र जराई देखि उखालेर फाल्नुहोस नेपाल सरकार ती लाखौ पीडित वृद्ध आमाहरुलाई रुवाएर होईन रु एक माघको जाडोले सधै आउने माघको जाडो जादैना होलानी नेपाल सरकारले २० भत्ता बढाउन नसके पनि हटाउन चाहिँ उपयुक्त होइन है , होस राख्नुहोस है, बहुमत छ भन्दैमा जे पनि नगर्नुस् , चुनाव जितकै यही भट्टको आकर्षणले हो , खै बुझ्नको ?

बृध्दभत्ता हताउनु राम्रो हो। तर वास्तविक असाहे जेष्ठठनागरिक र एकलमहिला अपांगलाई राज्यबाट गाँस बाँस कपास लगायत सम्पूर्णजिम्मा सरकारले लिनुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here