जाजरकोट हत्याकाण्डबारे विप्लवको बयान

140

काठमाडौं ÷ विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले स्थानीय तहको निर्वाचनलाई कुनै पनि हालतमा सम्पन्न हुन नदिने भनी चेतावनी सार्वजनिक गरेपछि सो पार्टीका कार्यकर्तालाई निगरानी गर्दै आएको सरकारले जाजरकोटमा हत्याकाण्डको अभियोगमा गिरफ्तार गर्न सफल भएको छ । नेकपाले स्थानीय तहलगायतका निर्वाचनहरूलाई असफल तुल्याउन उम्मेदवरहरूकै अपहरण गर्ने योजना सार्वजनिक गरेपछि सो पार्टीका गोप्य बैठकहरूमा समेत प्रहरीको घुसपैठ गराउने काम भएको थियो । यसको पर्दाफास ललितपुर जिल्लाको पार्टीको एउटा बैठकमा हुन पुग्यो । नेकपाका कार्यकर्ताहरूले बैठक कक्षबाट सादा पोशाकका चार जना प्रहरीलाई नियन्त्रणमा लिएर चार घण्टासम्म थुनेर राखेपछि प्रहरी निगरानीको पर्दाफास भएको हो ।
यसैबीच नेकपा केन्द्रीय कार्यालयका तर्पmबाट हिजो एक प्रेस वक्तव्य जारी गर्दै नेकपाले चैत १५ जाजरकोटमा रवि शमशेर शाहको हत्या प्रकरणमा नेकपाका कार्यकर्ता संलग्न भएको अर्थ लाग्ने गरी सञ्चारमाध्यममा भएको प्रचारप्रति आपत्ति जनाएको छ । वक्तव्यमा उक्त दिन शाहको हत्या भएको जानकारी नेकपालाई सञ्चार माध्यमबाट मात्र प्राप्त भएको उल्लेख छ । शाहमाथि आक्रमण गर्ने पार्टीको कुनै योजना नभएको प्रष्टिकरण जिल्ला पार्टीबाट घटना लगत्तै सार्वजनिक भइसकेको अवस्थामा पनि नेकपाको नाम जोडेर थप प्रचार गरिनु पार्टीप्रति राज्यको दुर्नियत रहेको स्पष्ट हुने वक्तव्यमा उल्लेख छ । सो घटनाबारे नेकपाले अनुसन्धान गरिरहेको र घटनाको बहानामा घटनासँग कुनै सम्बन्ध नभएका आफ्नो पार्टीका कार्यकर्ताहरूलाई गरिएको गिरफ्तारी, यातना र धरपकड बन्द गर्न चेतावनी दिइएको छ । साथै गिरफ्तार भएकाहरूलाई रिहा गर्न पनि माग गरिएको छ । प्रेस वक्तव्यमा घटनाको बहानामा धरपकड नरोकिएमा त्यसको जिम्मेवार राज्य स्वयं हुने चेतावनी पनि दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here